काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेशनल हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८ दशमलव ५२५ प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५० दशमलव १४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयरमूल्य प्रति कित्ता ४१५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।