काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा गुराँस लाइफ र तीन बाणिज्य बैंकको बोनस शेयर सूचिकृत भएको छ । गुराँस लाइफको ५.५० प्रतिशत बोनस शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । गुराँस लाइफको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीले गत मंसिर १० गते ११ औ वार्षिक साधारणसभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।
त्यस्तै सन राइज बैंकको ६३ लाख ९ हजार ४८३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत पुस १५ गते १४ औ वार्षिक साधारणसभाबाट ६.६५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । आजै लक्ष्मी बैंकको पनि ८५ लाख ५६ हजार ५५१ कित्ता बोनस शेयर सूचिकृत भएको छ । बैंकले २१ औ वार्षिक साधारणसभाबाट ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । नेपाल बंगलादेश बैंकको पनि एक करोड ८ लाख ५ हजार ७८५ कित्ता बोनस शेयर सूचिकृत भएको छ । बैंकले २७ औ वार्षिक साधारणसभाबाट १२ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।