काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २८ गते पारित गरेको गत आर्थिक वर्ष ०७७/७८ को शत प्रतिशत लाभांश वितरण गरेको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट गत चुक्तापूँजी ८६ करोड ७७ लाख २ हजारको आधारमा ७५ प्रतिशत बोनश शेयर र २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो ।
बोनस शेयर धितोपत्र दोस्रो बजारमा फागुन १ गते सूचीकृत गराई फागुन २ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै कर समेतको नगद लाभांश भने बोनस शेयर बापतको कर कट्टा गरी फागुन ४ गतेदेखि सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिसकिएको कम्पनीले जनाएको छ ।
कम्पनीले लाभांश पारित गरेको ३५ दिनभित्रै लाभांश वितरण गरेको हो । ७५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार पुगेको छ ।