काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ३० अ।कले बढेको छ तर कारोबार रकम भने न्युन रहेको छ । आज ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३८ रुपैयाँ कायम भएको छ ।
आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको १३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५७३ रुपैयाँ कायम भएको छ । जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।