काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बीबी माइनस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिममा रहेको देखाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको इक्रा नेपालले जनाएको छ ।