काठमाडौं । आज शेयर बजार समान्य अंक ० दशमलव ०८ अंकले बढेर २,७०० दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ वटा कम्पनकिो शेयर मुल्य घटेको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ७२ प्रशिततका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ४ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् ।