काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ३९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै नविल इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले २ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्विटी फण्डका इकाईधनीले २ दशमलव ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका इकाईधनीले गुमाएका छन् । कम्पनीका शेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।