IME Life New

महेन्द्रनगरमा डिशहोमले गर्यो डिलर दाइहरुलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले आफ्ना ‘डिलर दाइहरुलाई सम्मान गरेको छ । महेन्द्रनगर सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण समेत गरिएको कम्पनीले जनाएको छ ।

महेन्द्रनगरमा डिशहोम डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एस। के। लाईट हाउस, अत्तरियाका उग्रतारा बिजुली भण्डार, धनगढीका लामा ट्रेडर्स, महेन्द्रनगरका के.पि. ईन्टरप्राईजेज, पुनर्बासका अधिकारी ईलेक्ट्रोनिक, वाणिका आर्या ईलेक्ट्रोनिकलाई उपहार स्वरुप एक एक थान ल्यापटप प्रदान गरिएको छ।

Esewa
Crest

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन्। कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS