बीमा क्षेत्रको शब्दकोषमा खोज्ने हो भने सबैभन्दा बढी बजारीकरण शब्दको प्रयोग हु्ने गरेको पाईन्छ । बढी प्रयोग हुुने शब्द भएकोले यसको बजार भाउ पनि समय समयमा व्हात्तै बढ्ने गरेको छ । तर बजार भाउ भने एकैनासको हुुदैन भन्ने हेक्का भने कमैले पछ्याउने गरेका छन् भन्नलाई गा¥हो नपर्ला । जसले हेक्का गर्दैन, उ केहि समय पछि क्षेत्रबाटै पलायन हुुने गर्दछ ।
उद्योगले भन्ने बजारीकरणलाई महत्व त्यसै दिएको होईन । महत्व दिए जसरी बजारीकरण हुुन सकेको छ त ? प्रश्नको उत्तर खोज्न टाढा जानै पर्दैन । कम्पनीहरुले बजारीकरण गर्न विभिन्न जनशक्तिहरुलाई उच्च प्राथमिकता दिएर नियुुक्ति दिएका हुुन्छन् । तर उच्च प्राथमिकता पाएकाहरु भने अधिकांश रुपमा आफ्नो कार्य अभिकर्ता मार्फत गराउन उद्यत रहन्छन् ।
यसबाट बजारीकरण गर्ने जिम्मा पाएका बजार विभागका कर्मचारीहरुको कार्य बिक्रि बढाउन अबलम्बन गर्नु पर्ने विविध कार्यहरु गर्नुु पर्नेमा (शाखालाई छोडेर हेर्दा) उच्च व्यवस्थापनलाई अल्पकालिन व्यवसायिक नीति तयार गर्न, शाखा मार्फत अभिकर्ता उत्पादन गर्ने क्रमको तालिम प्रदान गर्न केन्द्रित हुुने गरेका पाईन्छ । यसका अलावा बजारीकरणका अन्य हतियारको प्रयोग (आफनो अनुभव बाहेक) गर्न थप अनुुसन्धान गर्ने, व्यवसायिक वातावरण तयार पार्ने, प्रतिवेदन बनाउने तथा आवश्यक नीति निर्माणमा सघाउ पुु¥याउनमा क्षमता अभिवृद्धि गर्न भने थोरै मात्रा सफल हुुने गरेको देखिन्छ । साथै विगतमा आफूूसग कार्य गरेका अभिकर्ता भित्राउने कार्यले व्यवसायमा थप टेवा प्रदान गर्न सकेतापनि आफूू सरुवा भएसगै निजहरुको पनि सरुवा हुुने प्रवृत्तिले व्यवसायिक हुुन सकेको देखिदैन् ।
व्यवसाय गर्ने कर्मचारीहरु बजारमा व्याप्त त छन् तर निजहरुमा कार्य गर्ने कम्पनीप्रति वफादारपना कमै पाईने गरेको छ । अलि व्यवसाय गर्ने बित्तिकै अर्को कम्पनीमा माथिल्लो पदमा बार्गेनिङ्घ गर्न पुुग्ने गरेको देखिन्छ । कम्पनीले दिएको लक्ष्य पूूरा गरि कम्पनीबाटै लाभ लिनुुको सट्टा थप बार्गेनिङ्घ गर्ने प्रवृत्ति पनि नपाईएको हैन । यसले व्यवसाय गर्नेहरु सन्तोषंम् परम सुखम् भन्ने उदघोषबाट टाढा नै छन् भनि मान्न सकिन्छ ।
कतिको जोखिम छ त?
व्यवसाय सामान्यत संस्थागत, संस्थागत अभिकतार्, व्यक्तिगत अभिकर्ता वा प्रत्यक्ष रुपमा प्राप्त हुुने गर्दछ । विभिन्न माध्यमबाट प्राप्त हुुने भएतापनि हरेक व्यवसायको जोखिम उत्तिकै हुुने गर्दछ । व्यवसाय गर्नेले जोखिमको मात्रामा सरोकार गर्देन, मात्र व्यवसाय भयो भएन, कति भयो आदि संख्यात्मक मात्रामा मात्र गणना गर्दछ । कुुन माध्यमबाट रकम प्राप्त भयो, स्रोत वैध रहे नरहेको मलतब गर्देन । व्यवसाय नभएमा किन भएन भन्ने हिसाब किताब मात्र गर्ने गर्दछ । अतः कुुनै व्यवसाय आर्थिक हिसाबले, कुुनै स्वास्थ्यका हिसाबले, कुुनै सूूचनाका हिसाबले, कुुनै पेशागत वा अन्य कारणले हुनुे जोखिमलाई व्यवसाय गर्ने क्षेत्रले सहजै प्रवेश दिन लालायित हुुने गरेका हाम्रा सामूू प्रशस्तै उदाहरण छन् । यसबाट सम्पत्ति शुद्धिकरण गर्न सजिलो माध्यम हुन सक्ने सम्भावना भएकोले अधिकतम रुपमा जोखिमसहितको व्यवसाय हुुने गर्दछ ।
समाधान के के हुुन सक्दछन्?
सम्पूूर्ण व्यवसायहरु पूर्णत परम सदविश्वासको सिद्धान्तमा आधारित हुने भएता पनि व्यवसाय आउ“दैमा लिन हतार गर्नु हुदैन तर सम्पूर्ण जा“चपडताल, परीक्षण गरि एकिन भएपश्चात मात्र व्यवसायमा प्रवेश गराउनु पर्दछ । आफ्ना बजार प्रतिनिधिहरु, कर्मचारीहरुलाई प्राप्त हुने व्यवसाय तथा जोखिमका सम्बन्धमा सूचना तथा जानकारी दिनु पर्दछ । साथै, नियमन निकायबाट जारी भएका निर्देशिकाहरु, मौजुदा परिस्थितिका परिवर्तनहरु, नीति नियमहरु, व्यवसाय गर्दा ध्यान दिने व्यवस्थाहरुबारे समय समयमा जानकारी प्रदान गर्नु पर्दछ ।
निष्कर्षः
व्यवसाय गर्ने व्यक्तिको मनोवृत्तिले व्यवसाय ल्याउन मात्र नभई व्यवसाय टिकाउन समेत भर पर्ने गर्दछ । निजमा पेशागत दक्षता त हुुनै पर्दछ साथै, अन्य विभागका कार्यलाई सम्मान गर्ने प्रवृत्ति समेत भएको हुुनुपर्दछ । यसले समग्र रुपमा उद्योगलाई नै मद्दत गर्ने र व्यक्तिगत रुपमा समेत पेशागत अभिवृद्धि हुुन जाने देखिन्छ ।