Connect IPS
IME Life

जलविद्युत कम्पनीले उचाल्यो शेयर बजार, १९.२६ अंकले सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक १९.२६ अंकले सुधार भएर २८९१.३० अंकमा रोकिएको छ । जलविद्युत कम्पनीको शेयर मूल्यमा आएको उछालले नेप्से सूचक तथा कारोबार रकम दुबै बढेको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसिसी पारित गर्ने अभिव्यक्ति दिए सँगै जलविद्युत कम्पनीको शेयर मूल्यमा उछाल आएको हो ।

Prabhu
Crest

एमसिसीका साथै सरकारले स्थानीय चुनावको घोषणा गर्दैछ । आइतबार स्थानीय चुनाव हुने समाचारले १०५ अंकले नेप्से सूचक सुधार भएको थियो । तर सोमबार एमसिसीका कारण स्थानीय तहको चुनावमा असर पार्न सक्ने विश्लेषण सँगै सूचक घट्यो ।

तर प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्ने अडान लिए पछि भने आज जलविद्युत कम्पनीको शेयरमा उछाल आएको हो । जलविद्युत कम्पनीको शेयरमा उछाल आए पनि व्यापार, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य सूचकमा भने गिरावट आएको छ ।

मंगलबार जलविद्युत कम्पनीको सूचक ३.२२ प्रतिशतले सुधार भएको छ । सर्वाधिक धेरै मूल्य बढ्ने १० कम्पनीमा ८ वटा जलविद्युत कम्पनी परेका छन् । विन नेपाल लघुवित्त र बुद्धभुमी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै कारोबार हुने कम्पनीमा पनि जलविद्युत कम्पनी नै छन् । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ३९ करोड एक लाख रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक १९.२६ अंकले सुधार हुँदा कारोबार रकम भने ६ अर्ब ५७ करोड रुपैयाँ भएको छ । आज १४८ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३६ वटाको भने घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS