IME Life New

इमर्जिङ नेपालको आइपिओ माघ २६ गतेदेखि, नेपाल सरकार सहित व्यवसायिक घरानाको लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ नेपालले माघ २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गर्ने भएको छ ।

सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरिने भएको हो ।

Esewa
Crest

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । सर्वसाधारणले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

कम्पनीमा नेपाल सरकार अर्थमन्त्रालय सहित विभिन्न व्यवसायिक घरानाका लगानीकर्ताको लगानी रहेको छ । कम्पनीमा मनोज बहादुर श्रेष्ठ, बैंकर शम्भु नाथ गौतम, चन्द्र प्रसाद ढकाल, विशाल ग्रुप, नुमनाथ पौडेल, बैंकर ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, हरिभक्त शर्मा, पशुपति मुरारका, शेखर गोल्छा, सौरभ ज्योति, सिताराम थपलिया, अम्बिका प्रसाद पौडेल लगायत छन् । कम्पनीको सञ्चालक अध्यक्षमा लालमणी जोशी तथा सञ्चालकहरुमा शोभाकान्त पौडेल, चन्द्र टण्डन, अशोक कुमार अग्रवाल, विनोद आत्रेय र लिमा आचार्य अधिकारी रहेका छन् ।

प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी भने २ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS