IME Life New

प्रभु क्यापिटलले ल्यायोे विन्टर अफर, २ वर्षसम्म निःशुल्क डिम्याट तथा मेरो शेयर सेवा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले विन्टर अफर ल्याएको छ । क्यापिटलले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि यस्तो अफर ल्याएको हो ।

हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा  डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागियहीमाघ १८ गतेदेखि चैत्र १७ गतेभित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि फ्रि डिम्याट र मेरो शेयर सुविधा सहितको विन्टर अफर योजना ल्याएको छ ।

Esewa
Crest

यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । करिब ६ महिनापछि प्राथमिक शेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपालभित्र वा नेपाल बाहिर जहाँकही रहेका सबै ग्राहकहरुले आफू, आफ्नो परिवार एवं आफन्त तथा साथीभाईहरु सबैले सहजै यस योजनामा अनलाईनबाटै फ्रि डिम्याट खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सक्नेछन् भन्ने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको हो ।

प्रभु क्यापिटलको विन्टर अफर विशेषताहरुः
यस योजनामा देश वा विदेशमा रहेका नेपालीहरुले मोबाइल एप(एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) बाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन् । यसका साथै वेवसाइटबाट समेत भिडियो केवाइसि सहितको डिम्याट सेवा प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा२ वर्षको लागिनिःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गरिनेछ ।

डिम्याट खाता तथा लगानी व्यवस्थापन सम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिने छ ।

यस योजना २०७८ माघ १८गते देखि चैत्र १७ गते सम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS