IME Life New

चन्द्रागिरी हिल्स एक करोड ७५ लाखले नोक्सानमा, आम्दानी तीन गुणा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक करोड ७५ लाख रुपैयाँले नोक्सानमा देखिएको छ । गत वर्षको यहि अवधिमा १६ करोड ५४ लाख रुपैयाँले नोक्सानमा थियो । कोभिड १९ का कारण व्यवसाय ठप्प हुँदा नोक्सानमा देखिएको चन्द्रागिरी हिल्सले यस वर्ष भने २१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

खर्च कटाएर खुद नाफा भने १४ करोड १५ लाख रुपैयाँ रहेको छ । तर सञ्चालन मुनाफा भने एक करोड ७५ लाख रुपैयाँले नोक्सानमा छ । गत वर्षको यहि अवधिमा यस्तो मुनाफा १६ करोड ५४ लाख रुपैयाँले नोक्सानमा थियो ।

Esewa
Crest

चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको चन्द्रागिरी हिल्सको जगेडा कोषमा ४३ करोड ७५ लाख रुपैयाँले नोक्सानमा छ । कम्पनीले लाभांश वितरण गर्नु भन्दा अगाडी जगेडा कोषलाई धनात्मक बनाउनु पर्ने हुन्छ । तर चन्द्रागिरी हिल्सको दिर्घकालिन दायित्व भने २ अर्ब ३९ करोड रुपैयाँको छ । यसले गर्दा कम्पनीको नेटवर्थ ७१ रुपैयाँ मात्रै छ । प्रतिशेयर आम्दानी २ रुपैयाँले ऋणात्मक छ । यदि कोभिड १९ को संक्रमणदर घट्दै गयो र पर्यटन व्यवसाय विस्तारै फस्टाउदै गयो भने बल्ल चन्द्रागिरीले राम्रो आम्दानी गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS