Connect IPS
IME Life

स्थानीय चुनाव गर्ने राजनीतिक सहमतिले शेयर बजारमा १०५ अंकको सुधार, कहिलेसम्म बढ्ला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सत्तारुढ राजनीतिक गठबन्धनले आगामी जेठमा चुनाव गर्ने सहमति गरे सँगै आइतबार शेयर बजारमा एकै दिन १०५ अंकको सुधार देखिएको छ । अघिल्लो साता सत्तारुढ गठबन्धन तथा सरकारले तत्काल चुनाव नगर्ने बरु ऐन नै संशोधन गर्ने सहमति गर्दा १५५ अंकले घटेको थियो । गत साता १५५ अंकले घटेको शेयर बजारमा आइतबार एकै दिन १०५ अंकले रिकभर भएको  छ ।

Prabhu
Crest

चुनाव घोषणा लगत्तै शेयर बजारले नयाँ विन्दु तय गर्ने विश्लेषण पछि लगानीकर्ताहरुको मनोबल बढेको हो । यदि सरकारले स्थानीय चुनाव घोषणा गर्यो भने शेयर बजारले यस भन्दा अगाडीको सर्वाधिक उच्च अंकलाई पनि उछिन्ने विश्लेषकहरु बताउछन् । गत भदौ २ गते शेयर बजार अहिलेसम्मको सर्वाधिक धेरै ३१९९ अंकसम्म पुगेको थियो । तत्कालिन समयमा जलविद्युत तथा फाइनान्सले उचालेकोमा यस पटक भने बीमा कम्पनीहरुले उचाल्न सक्ने देखिन्छ । अर्को तर्फ बैंकहरुको शेयर मूल्य धेरै नै तल्लो विन्दुमा रहेकोले गर्दा बैंककमा सामान्य सुधार हुँदा पनि अघल्लो सर्वाधिक विन्दुलाई उछिन्न सक्ने देखिन्छ ।

यस सँगै गत महिना टाइट भएको सिसिडी रेसियो यस महिना केहि सुधार भएको छ । अवको दुई महिना देश चुनावी माहोलमा जाने भएकाले स्थानीय स्तरका नेतादेखि उच्च स्तरका नेताले चुनावमा कालोधन प्रयोग गर्ने भएकाले उक्त पैसा बजारमा आउने र बैंकिङ तरलता बढ्ने छ । बैंकिङ तरलता बढ्ने वित्तीकै यसको प्रत्यक्ष असर शेयर बजारमा पर्ने छ । अर्को तर्फ स्थानिय तहको निर्वाचन सकिने वित्तीकै देश संघिय तथा प्रादेशिक चुनावमा होमिनेछ । त्यसैले गर्दा अवको ९ महिना लगानीका हिसावले सुरक्षित मान्न सकिन्छ ।

त्यसैले गर्दा आइतबार एकै दिन नेप्से सूचक ३.८० प्रतिशतले सुधार हुने क्रममा २८८५ अंक पुगेको छ । सूचक सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । आज ६ अर्ब ३२ करोड रुपैयाँको खरिद बिक्री भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी बाहेक सम्पुर्ण कम्पनीको शेयर मूल्यमा सुधार भएको छ । ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS