काठमाडौं । घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले बेनीस्थित आफ्ना शेयरधनीहरूलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।
कम्पनीको शेयर डिम्याट गर्नका लागि मुक्तिनाथ क्यापिटलका प्रतिनिधिहरु माघ १७ गते बेनी बजारस्थित मुक्तिनाथ विकास बैंकमा र माघ १८ र १९ गते दुई दिन नारच्याङ्गमा आउने बताउँदै हालसम्म डिम्याट नगरेका शेयरधनीहरुले उल्लेखित स्थानहरुमा सक्कल नागरिकताको प्रमाणपत्र तथा नागरिकताको फोटोकपी र २ प्रति फोटो लिई आफ्नो शेयर डिम्याट गराउन आग्रह गरेको छ ।