काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले माघ ५ गतेदेखि नै उक्त नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न शुरु गरेको छ । कम्पनीले ७ दशमलव ५ नगद लाभांश वितरण गर्न शुरु गरेको हो ।
कम्पनीको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथाशिघ्र गराउने समेत कम्पनीले भनेको छ ।
कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश पारित गरेको थियो । यसवर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
लाभांश प्रयोजनका लागि भने पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् ।