काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोना संक्रमनको नयाँ भेरिएण्ट आएसँगै माघ ९ गतेदेखिका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
उपत्यका बाहिरका परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धीत विद्यार्थी, कर्मचारी एवम् प्रध्यापक तथा कर्मचारीहरु समेत कोरोना संक्रमित भएको कारण त्री.वीले सबै परीक्षा स्थगित गरिएको जनाएको छ ।