IME Life New

विद्यालयले १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई एक हप्ताभित्र खोप लगाइसक्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयहरुले सम्पुर्ण विद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई एक हप्ता भित्रमा खोप लगाइसक्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयले एक हप्ताभित्र कोभिड विरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाइ कार्यान्वयन गर्न गराउन निर्देशन दिएको हो ।

नेपाल सरकारले सम्पुर्ण जिल्ला प्रशासन कार्यलायहरुलाई निर्देशन दिदै कोभिड १९ का विरुद्धमा आवस्यक पर्ने सम्पुर्ण कामहरु गर्न निर्देशन दिएको थियो । यसै क्रममा जिल्ला प्रशासनले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम पुस २७ गतेदेखि माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने नगराउने र पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी संचालन गर्न निर्देशन दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS