Connect IPS
IME Life

कोरोना संक्रिमतको संख्या तिव्र गतिमा बढ्दै, मंगलबार थपिए २४४४ जना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को संक्रमण तिव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ बाट संक्रिमितको संख्या २४४४ जनाले थपिएको छ । एक साता अगाडी दैनिक दुई सय हाराहारी मात्रै रहेकोमा केहि दिनदेखि तिव्र गतिमा बढिरहेको छ ।

संक्रमणदर बढे अनुसार मृत्यु हुनेको संख्या भने धेरै कम छ । पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । संक्रमणदर बढ्न थाले सँगै सरकारले खोप अभियानलाई पनि तिव्र गतिमा अगाडी बढाएको छ । पछिल्लो एक दिनमा एक लाख ८० हजारले खोप लगाएका छन् ।

Prabhu
Crest

विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि पुष्टी भए सँगै सरकारले उच्च सतर्कता अपनाउन सबै पक्षलाई निर्देशन दिइसकेको छ । आजबाट देशभरका सम्पुर्ण स्कुलहरुलाई माघ १५ गतेसम्म बिदा दिइएको छ ।

त्यस्तै सार्वजनिक स्थलमा २५ जना भन्दा धेरै बस्न नपाउने व्यवस्था गरिएको छ । सार्वजनिक बस तथा सार्वजनिक यातायात, होटल रेष्टुरेन्ट, सिनेमाहल लगायतका स्थानमा जादा खोप कार्डलाई अनिवार्य गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS