IME Life New

नेप्सेको सिइओमा तीन जनाको नाम सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले कृष्ण बहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेश कुमार भण्डारीलाई सिफारिस गरेको हो । समितिले यस अगाडी प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका ११ जना मध्येबाट ५ जनालाई सर्ट लिस्टिङ गरेको थियो ।

सर्ट लिष्टिङमा परेका ५ जनाले कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वाताका आधारमा सिफारिस गरेको हो । यस समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई कार्योजना प्रस्तुतिकरण गर्न लगाएको थियो । छनोट समितिले ५ जनालाई हिजो २५ गते आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको थियो ।

Esewa
Crest

यस पदका लागि नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी, केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त थिए । अव मन्त्रालयले तीन जना मध्येबाट एक जनालाई नियुक्ति गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS