काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर ‘आइपिओ’ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण समुह तर्फको १४ लाख ३० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । जस मध्ये ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि बिक्री गर्ने छ ।
बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आम सर्वसाधारणका लागि बिक्री खुला गर्ने योजना बनाएको छ । कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्नेछ । जसमा प्रभावित तर्फ १० र सर्वसाधारण समुह तर्फ १५ प्रतिशत हुनेछ ।
कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।