IME Life New

ओमिक्रोन सम्बन्धी थप सतर्कता तथा तयारी गर्न स्वास्थ्य विभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य विभागले सम्पुर्ण स्थानिय तह, सम्पुर्ण जिल्लाका स्वास्थ्य कार्यालयहरु र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरुलाई कोभिड १९ तथा नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धमा थप सतर्कता तथा तयारी गर्न निर्देशन दिएको छ ।

नेपालमा पनि ओमिक्रोन भित्रिएको भन्दै विभागले सबै निकायलाई अझ सतर्क र पुर्वतयारीका साथ लाग्न समेत निर्देशन दिएको छ । यसका लागि भिडभाड हुन नदिन, मास्कको प्रयोग गर्न तथा हात धुने लगायतको जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालाना गराउन समिते विभागले अनुरोध गरेको छ । समुदायमा जोखिम क्षेत्रहरु पत्ता लगाइ एन्टिजन किटद्धारा परीक्षण गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ ।

Esewa
Crest

पहिचान भएका कोभिड १९ का केसहरुको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न उक्त निकायहरुलाई अनुरोध गरिएको छ । नजिकका सम्पर्कहरुको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, सीमा नाकमा रहेका प्रदेश विन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान तथा कोभिड १९ बिरुद्धको खोपको प्रयोगमा बृद्धि गर्न र घरमै आइसोलेसनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको समुचित फलो अफ एवं मापण्दड पालनाको निगराननी गर्नु भन्दै पत्राचार गरिएको छ । भाइसरले नयाँ नयाँ उत्परिवर्तन गरी नयाँ भेरियन्टहरु आउने हुँदा समय समयमा थप निर्देशिका तथा जानकारीहरुको पुर्ण पालना गर्न गराउन समेत अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS