काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ५१ अंकले बढेर २,५२४ दशमलव ५० को विन्दुमा कायम भएको छ । आज ९१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल बङलादेश बैंकका लगानीकर्ताले ९ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।