काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ५१ अंकले बढेर २,५२४ दशमलव ५० को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको ४७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनको २२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको २० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनको ४०२ रुपैयाँ शेयर मुल्य रहेको छ ।