परम सद्विश्वासको सिद्धान्त, आर्थिक हित जोडिएको हुनुपर्ने, असल (बाह्य तथा आन्तरिक) अभ्यास लगायतका तत्वबाट अभिप्रेरित भएको जीवन बीमा व्यवसायमा जोडिनुपूर्व आवश्यक फारामहरुको ज्ञान, सहि रुपमा भर्ने तरिका, संलग्न गर्नु पर्ने कागजात, आवश्यक प्रकृयाहरुबारे जानकारी लिनुपर्दछ ।
अभिकर्ता मार्फत बीमा गर्ने प्रचलन रहेको र प्रतिनिधिको माध्यमबाट नै व्यवसाय हुने हुँदा आवश्यक फारामहरुको जानकारी राम्रै हुने गरेको देखिन्छ । जानकारीलाई व्यवहारमा उतार्नु र सहि तथा पूर्ण रुपमा फाराम भरि पेशा् गर्नु महत्वपूर्ण रहि आएको छ । सबै प्रवेशिका उत्तिर्ण रहेकै हुने भएतापनि फाराम भर्दा सहि तरिकाले सम्पन्न गर्न नसकेको देखिएको छ । प्रस्ताव फाराममा भर्नु पर्ने विषयहरु खाली छोड्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न बीमकबाट थप मिहिनेत गर्ने पर्ने देखिन्छ । प्रस्ताव फारामका प्रत्येक अवयव महत्वपूर्ण छन् ।
कुनै व्यक्तिगत सूचना र अण्डरराईटिङका लागि, कुनै वित्तिय अण्डरराईटिङका लागि, कुनै स्वास्थ्य अण्डरराईटिङका लागि, कुनै बीमा व्यवसायका लागि महत्वपूर्ण रहेका हुन्छन् । पारिवारिक स्वास्थ्य विवरणले स्वास्थ्य जोखिमका लागि जोखिमन्यूनिकरण गर्न सघाउ पु¥याउने तथा स्वास्थ्य विवरणले बीमा गर्दा पालना गर्नु पर्ने परहेज तथा रोगव्याध नभएको उद्घोषण गर्न सघाउँछ । प्रतिनिधिहरुले सबै प्रस्तावकसंग बसेर फाराम भरेका हुँदैनन् । अनि छु , छैन आदि जस्ता उत्तर समेटेर फाराम पेश गर्ने गरिएको तथ्य सबैका सामू छर्लङ छ । मानौ, परीक्षाको उत्तर हल गरेर बुझाउन लागेजस्तो। अभिकर्ता प्रतिवेदन महत्वपूर्ण किन छ भने अभिकर्ताले ग्राहक पहिचान गरेको विवरण बीमकको लागि ऐना समेत भएकोले पूर्ण नभरेको अवस्थामा पुनः भर्न लगाई फाराम बुझ्नु पर्दछ ।नेपाल राष्ट्र बैक, बीमा समितिमार्फत अनिवार्य गरिएको ग्राहक पहिचान फाराम ज“हा ग्राहकको फोटो समेत संलग्न गरेको हुन्छ समेत अपूरो भर्ने गरेको तथ्य भेटिएको छ । आवश्यक न्यूनतम सूचना मात्र भर्ने गर्नाले ग्राहक पहिचानमा विश्लेषण गर्ने पाटो कमजोर हुने देखिन्छ ।
प्रत्यक्ष रुपमा अभिकर्ताको सहयोग नभई बीमकमै सम्पर्क गरि बीमा गर्ने जमात पनि थोरैरहेको छ । यसरी प्रत्यक्ष सम्पर्कमा प्रस्ताव पेश गर्ने र बीमा गर्नेहरुलाई बीमकको माध्यमबाट केहि लाभ हुने खालका प्याकेजहरु उपलब्ध हुने गर्दछन् । प्रत्यक्ष आउने बीमितहरुलाई पूर्ण रुपमा सम्पूर्ण फाराम भर्न सिकाई बीमा गर्ने गरेमा फारामहरु तथा सो मार्फत आवश्यक हुने सूचनाहरुले उल्लेखित जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुग्दछ । प्रत्यक्ष आउने प्रस्तावहरु मार्फत विविध सूचनाहरु भने बिमाको सिद्धान्तअनुसार स्वीकृत गर्नु पर्दछ ।
संस्थागतरुपमा प्राप्त हुने प्रस्तावहरुमा आवश्यक पर्ने फारामहरु पूर्ण रुपमा भर्न नसकि अपूर्ण रुपमा बीमाका लागि पठाईने गरेको देखिन्छ । यसबाट फाराम मार्फत प्राप्त हुनु पर्ने आवश्यक सूचनाहरु नपाईने र जोखिम न्यूनिकरण गर्न कठिन हुने गर्दछ ।संस्थागत माध्यमबाट प्राप्त हुने व्यवसायमा न्यून रुपमा आवश्यक पर्ने फारामका सूचना, स्वास्थ्य विवरण, स्वास्थ्य प्रतिवेदन आवश्यकतानुसार बाहेक पूर्ण स्वामित्व हस्तान्तरणको मनोनयन फाराम भर्नु पर्ने हुदासो फाराममा उल्लेखितसूचनाहरु पूर्ण रुपमा भर्ने, संस्थाको छाप, साक्षी तथा उल्लेख सूचनाहरु समावेश गर्नु पर्ने हुन्छ ।
सामूहिक बीमालाई बढी जोखिम रहेको व्यवसाय मानिन्छ ।कर्मचारीहरुको जन्म मिति, बीमा अवधि तथा बीमाङ्क रकमको माध्यमले व्यवसाय प्राप्त हुने भएतापनि फारामहरु भर्नु नपर्ने, थप कुनै सूचना प्राप्त नहुने, स्वास्थ्य सम्बन्धि जोखिम कायम रहने भएकोले सम्बन्धित संस्थाले बीमा गर्दा नै जोखिमयुक्त भएमा वा लागेमा मात्र त्यस्ता सूचनाहरु बीमकलाई प्रदान गर्ने गरेमा जोखिम न्यूनिकरण गर्न सकिन्छ । साथै, पेशागत कारणले हुने जोखिम समेत समावेश नहुने भएकोले पेशा वा गर्नु पर्ने खास कार्य समेत उल्लेख गरि सूचना प्रदान गर्न सके दुर्घटना बाट हुन सक्ने जोखिमबाट बचाउन सकिन्छ ।
बीमकको भूमिकाःजीवन बीमकहरुले आफूसँगसमन्वय रहि कार्यरत रहेका निकाय तथा सरोकारवालाहरुलाई वा संस्थाका प्रशासन ईकाईमा कार्यरत रहने कर्मचारीलाई फाराम भर्ने सहि तरिका,उपलब्ध गर्नुपर्ने सूचनाहरुप्रदान गर्न प्रोत्साहन गर्नु पर्दछ ।अण्डरराईटि विभागका कार्यरत कर्मचारीहरु समेत परिवर्तित अवस्थाका बारेमा सुसूचित भई कार्य गर्ने भएमा मात्र फारामको माग अनुसार हुने सूचनाहरु पूर्णरुपमा प्राप्त हुन गई न्यून सूचनाका माध्यमबाट हुन सक्ने जोखिम कम गर्न सघाउ पु¥याउन सकिन्छ ।बीमा गर्ने प्रकृयामै समाधान गर्न सकिने भएकोले आवश्यक सूचना लिने कार्य तत्काल गर्न प्रोत्साहन गरि सूचना लिन सकेमा फारामको औचित्य पूर्ण हुनेछ ।
सारांशःबीमा जोखिमयुक्त पेशा भएतापनि हुन सक्ने बीमा व्यवसायको जोखिमबारे पूर्ण जानकारी लिन, विश्लेषण गर्न सकेजोखिमलाई न्यूनिकरण गर्नसकिन्छ ।यसले फारामको आवश्यकता, महत्व तथा पालना गराई जोखिम न्यूनिकरण गर्न सूचनाहरु सहायक सिद्ध हुन सक्ने देखिन्छ ।
( कोईराला राष्ट्रिय बीमा संस्थानमा बीमा विज्ञका रुपमा कार्यरत छन् )