काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते साधारण सभा गर्ने भएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखा परीक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा(नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु माथी छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्ध संचालकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।