IME Life New

जीवन बीमामा पेशागत जोखिम तथा न्यूनिकरण, सुभाष कोईरालाको लेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा भन्ने बित्तिकै लिखित रुपमा शर्त सहित जारी गरिएको व्यक्त करार भएको हु“दा प्रस्तावकले प्रस्ताव फाराममा उल्लेखित उद्घोषण गरे अनुसार परम सद्विश्वासको सिद्धान्तमा आधारित रहेर स्वीकृत गर्ने र पूर्ण शुल्क भुक्तानी पश्चात बीमालेख जारी गर्ने प्रकृयालाई बुझिन्छ ।

बीमा प्रस्ताव गर्दा अभिकर्ता नियुक्ति गरेको भए निजको प्रतिवेदनमा पेशा उल्लेखित गर्नु पर्ने बाध्यकारी व्यवस्था रहेको छ । व्यवस्था भएतापनि प्रतिवेदनमा पेशागत जोखिम हुने थाहा पाएर वा नपाएर वा उल्लेख गर्न नचाहेर पनि खास पेशा उल्लेख हुने गरेको पाईदैन् । यो नै अभिकर्ताले छुटाउने एउटा महत्वपूर्ण जानकारी हो । आफ्ना ग्राहकको बारेमा उपलब्ध हुने सूचना मध्ये यो उल्लेख गर्नु जरुरी रहेतापनि विमितलाई अतिरिक्त भार नदिने हेतुले यस्ता सूचना लुकाउने गरेको तथ्य जगजाहेरै छ ।

Esewa
Crest

प्रस्ताव फाराममा विमित वा प्रस्तावकको पेशा उल्लेख गर्नु पर्ने बाध्यकारी व्यवस्थालाई भने फाराम भर्दाकै बखत उल्लेख गर्नु पर्ने भएता पनि पेशागत जोखिम सम्बन्धि अल्पज्ञानले गर्दा मै हु भन्नेहरुले पनि सहि सूचना प्रेषित गर्न नसकिरहेको अवस्था देखिन्छ । सचेत अभिकर्ता वा बिमित वा प्रस्तावक भए उल्लेख गर्ने मात्र नभई परिचय पत्र समेत संलग्न गर्ने गरेको पाईन्छ । जोखिमयुक्त पेशा भनि सम्बन्धित बीमकले पारेको सूचि अनुसार पेशा उल्लेख हुनु पर्ने भएता पनि बिमितले परिचय पत्र उपलब्ध गराउन नसक्ने अवस्था रहेको खण्डमा भने उल्लेखित उद्घोषण गरे अनुसार पेशागत जोखिम शुल्क लगाई पेशाका कारणले हुने जोखिम न्यून गर्न सकिन्छ ।

जोखिमयुक्त पेशाकर्मीहरुले आफ्नो पेशालाई सामान्य नठानी गर्नु पर्ने कामको खास पेशा निर्धक्क उल्लेख गरेमा भने प्रस्ताविक बीमांक रकमको दुर्घटना लाभ बाहेक थप शत प्रतिशत जोखिम वहन हुने मात्र नभई बिमितको उल्लेखित पेशाको कारणले मृत्यु भएमा निजको हकवालाले मृत्यु दावी गर्दा थप बीमांक रकम बराबर क्षतिपूर्ति समेत प्राप्त गर्न सक्दछन् । तर अस्थायी अंगभंग लगायत अन्य लाभमा भने अतिरिक्त सुविधा प्राप्त गर्न जोखिमयुक्त पेशा उल्लेख गर्नाले मात्र सम्भव हुने गर्दछ ।

अतः जोखिमयुक्त पेशाकर्मीहरुले पेशाको समेत जोखिम हस्तान्तरण गर्ने गरेमा बीमाको तात्विक महत्व बढ्न जाने मात्र नभई पेशागत सम्मान गरेको ठहर्नेछ । पेशागत लाभको जोखिमबाट सुरक्षित रहन बीमा शुल्क नियमित भुक्तानी गर्नु पर्दछ । साथै, त्यस्ता पेशाबाट अलग रहने भएको खण्डमा भने बीमक कम्पनीमा निवेदन दिई जोखिमयुक्त पेशामा लाग्ने अतिरिक्त शुल्क हटाउन पनि सकिन्छ ।

सबै खाले परिचय पत्रले मात्र जोखिमयुक्त पेशा भनि तोक्न नसकिने अवस्थामा भने पेशाको प्रकृतिबारे करारनामामा उल्लेख गरिएको हुन्छ, त्यसका लागि आवश्यक परेमा मात्र करारनामाको प्रति संलग्न गर्न सकिन्छ । अंग्रेजी वा नेपाली भाषा बाहेकका हकमा भने अंग्रेजी वा नेपाली भाषामा उल्था गरि पेशागत लाभ लिन प्रोत्साहन गर्नु पर्दछ । यसबाट बीमित वा आश्रितलाई हुने अपूरणिय क्षतिमा मल्हम लगाउन थप राहत हुने गर्दछ ।

बीमकको भूमिकाः नेपालमा प्रचलन रहेका जीवन बीमकहरुले आफूस“ग समन्वय रहि कार्यरत रहेका निकाय तथा सरोकारवालाहरुलाई पेशागत जोखिम तथा न्यूनिकरण गर्ने खालका जानकारीमूलक सूचनाहरु प्रदान गर्नु पर्दछ । अण्डरराईटि¨ विभागमा कार्यरत कर्मचारीहरु, अण्डरराईटर आदिको चनाखोेपनले पेशागत जोखिम न्यूनिकरण गर्न सघाउ पु¥याउने कार्य गर्दछ । बीमा गर्ने प्रकृयामै समाधान गर्न सकिने भएकोले आवश्यक सूचना लिने कार्य तत्काल गर्न सकिन्छ ।

सारांशः बीमा जोखिमयुक्त पेशा भएतापनि पेशागत जोखिमबारे पूर्ण जानकारी गराउने मात्र नभई अतिरिक्त शुल्क भुक्तानी गरि लाभ लिन प्रोत्साहन गर्न सके पेशागत कारणले हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । यसले पेशागत सम्मान माथि जोखिम वहन गराई बीमाको गरिमा उच्च पार्ने क्रममा कोशेढुंगा हुन सक्नेमा कसैको विमति हुन सक्दैन ।

( कोईराला राष्ट्रिय बीमा संस्थानमा बीमा विज्ञका रुपमा कार्यरत छन् )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS