IME Life New

शेयर बजारलाई सामान्तीहरुको बजार भनेका प्रचण्डलाई कलाकार दिपक राज गिरीको व्यङ्ग्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार सामन्तीहरुको बजार हो भन्दै दिएको अभिव्यक्तिले शेयर बजारलाई नराम्ररी प्रभाव पारेको छ । उनकै अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ । यसै क्रममा कलाकार दिपक राज गिरीले प्रचण्डलाई व्याङ्ग्य गर्दै आफ्नो फेसबुक पेजमा खाइ नखाइ लहै लहैमा भए पनि ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरुलाई चाँही के गर्ने भन्दै प्रश्न गरेका छन् ।

गिरिले लेखेका छन्, प्रचण्डले हिजोका दिनमा ‘बुर्जुवा शिक्षा सामन्तीहरुको शिक्षा हो’ भन्नाले कतिपय मानिस अनपढ नै रहे र अहिले उनिहरु पछुताइरहेका छन् । उनकै कतिपय कार्यकर्ताहरु अहिले बुढेसकालमा स्कुल गएर पुरानो शिक्षा पढिरहेका छन् ।’ उनले हिजोका दिनमा प्रचण्डको उक्त भुमिकालाई अहिलेको शेयर बजारका सम्बन्धमा दिएको अभिव्यक्ति सँग जोडेका छन् ।

Esewa
Crest

उनले लेखका छन्,

अहिले फेरी एक्कासी नयॉ महावाणी आयो

शेयर बजार सामन्तीहरूको बजार हो !!!

तपाइले भने जस्तै कतिपय ले कल कारखाना पनि नखोल्या हो र कमरेड ? तर अनावश्यक रूपमा तपाइहरू ले यूनिएनहरू गठन गरेर हडताल गराइ गराइ साहुजी हरूकै बाह्र बजाएर उठिवास नै लगाइयो नि होइन र?

अब आफ्नै कुरा गरौ

फिल्म हल खोलौ भनेको त्यों “फ़िल्म “भन्ने

चिज पनि बिलासितामा पर्ला कि नपर्ला ?

सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरी अप्ठेरो पर्ला भनेर सोधेको मात्रै हो कामरेड!

कि ब्यूटी पार्लर खोलौ त?

हुनत धनाढ्यका बूढीहरू , छोरीहरू जाने ठॉउ त्यो पनि पक्कै सामन्तबादी लगानि मै पर्छ होला ?

अब के मा लगानि गरौ त?

अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका

नव सामन्तहरूलाइ चाहि के गर्ने त कमरेड ?

आफ्नो कमाइ लाइ कॉहा लगाउने त ?

ताकि हाम्रो लगानी सामन्तबादी लगानी नहोस !

प्लिज कमरेड भनिदिनु पर्यो!

तपाइको लगानि कॉहा छ ?

कि त्यहि लगानि गर्न प्रेरित गरिदिनु पर्यो ,

मलाइ त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? …,,,,कि यसो गरौ

बिदेशी बैकमै लगेर राखौ त कमरेड ?

त्यसो गर्दा कसो होला ?

जे जसरी हुन्छ मलाइ सामन्त हुन बाट बचाउनुस कमरेड म हातै जोड्छू!

म लगायत थुप्रै जनताले जय गॉउने छन कमरेड!

लाल सलाम!!!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS