Connect IPS
IME Life

सयपत्री हाइड्रोपावरको साधारण सभाको मिति तय, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौंमा अपरान्ह्र १ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २४ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु बारे छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८०७९ को लेखापरीक्षण गर्न लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनी ऐन, २०६३ को दफा ११९ (३)अनुसार बहालवाला लेखापरिक्षक डिएन शाह एण्ड एशोसियट्स चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्ति हुन योग्य हुने प्रस्तावलाई पारित गर्नेछ ।

त्यसैगरी सभाले शेयरधनीहरुबाट ६ जना सञ्चालकहरुको चयन गर्ने, कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS