IME Life
GBIME

लाभांश पारित गर्न चिलिमे जलविद्युतले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २३ गते २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कपनमार्ग, माहाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

Crest

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगदप्रवाह विवरण सम्बद्ध अनुसूचीहरू समेत उपर छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS