काठमाडौं । बीमा समिति र अर्थ मन्त्रालयबाट नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २ दशमलव ५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामक निकाय बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो।
बीमा समितिबाट असोज ४ गते र अर्थ मन्त्रालयबाट मंसिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको एक सुचना जारी गर्दै कम्पनीले जनाएको छ ।
अब कम्पनीको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।