IME Life
GBIME

सान्जेन जलविद्युतको साधारण सभा पुस १३ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीले पुस १३ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ ।

Crest

कम्पनीले यस वर्ष लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन पाउनेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS