नेपालमा बीमा क्षेत्रको विज्ञता हासिल गरेका व्यक्तिहरु कमै छन् । बैंकिङ जस्तो बीमाको त्यतिधेरै लामो इतिहास नभएकाले पनि होला यस क्षेत्रमा अनुभवी तथा प्राज्ञिक व्यक्तिहरु छैनन् । लामो अनुभव भएका व्यक्तिहरु सँग शैद्धान्तिक ज्ञान छैन । जसले गर्दा बीमा क्षेत्रलाई नजिकबाट नियाल्ने व्यक्तिहरु पाइदैन । बीमा आफैमा जटिल छ त्यसमा पनि दक्ष जनशक्तिको अभावले गर्दा समय समयमा यस क्षेत्रमा समस्याहरु आउने गरेको छ ।
यस्तै बीमा क्षेत्रमै पिएचडी हासिल गरेका तथा बीमा क्षेत्रका प्राज्ञिक व्यक्ति डा. रविद्र घिमिरे नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त भएका छन् । बीमा क्षेत्रमा नियमित अध्ययन अध्यापन गर्ने व्यक्ति नेपाल सरकारको लगानी रहेको अझ नेपालकै पहिलो पुनर्बीमा कम्पनीमा अध्यक्षको भुमिकामा छन् । उनै घिमिरेलाई इन्स्योरेन्स खवरले सोध्यो, शैक्षिक तथा प्राज्ञिक विज्ञताका हिसावले तपाई नेपाल सरकारको लगानी रहेको पुनर्बीमा कम्पनीमा आउनु भएको छ । शैक्षिक तथा प्राज्ञिक कार्य भन्दा कम्पनीको अध्यक्ष भएर भुमिका निर्वाह गर्दा कत्तीको फरक पाउनु भयो ?
बोर्डको काम नितिगत निर्णय गर्ने हो । दैनिक रुपमा कम्पनी संचालन गर्ने होइन । तर पनि व्यवहारिक अभ्यास गर्ने काम निकै चुनौतीपूर्ण नै पाएको छु । कम्पनीको संचालन दक्षहरुको टिमले गर्ने भएकोले त्यति धेरै अप्ठ्यारो पर्ने छैन किनकी बोर्डमा धेरै अनुभवी साथीहरु पनि हुनुहुन्छ भने व्यवस्थापनमा पनि लामो अनुभव भएका साथीहरु हुनुहन्छ । पुनर्बीमा कम्पनीको अर्को महत्वपूर्ण काम अनुसन्धान, बिश्लेषण र बीमा उद्योगको प्रवर्द्धन गर्नु पर्ने पनि हो जसको लागि हामीले सकेजति गर्ने छौं ।
हाम्रो बजार आन्तरिक पनि हो तर हामीले विदेशी बजारलाई पनि उत्तिकै महत्व दिएका छौ । किनकी विश्व बजारमा हामीले राम्रो हिस्सा पाउने राम्रो संभावना पनि रहेको छ ।
हिजोका दिनमा पुनर्बीमा व्यवसायमा नेपाल पुनर्बीमा कम्पनीको एकाधिकार रहदै आएकोमा अहिले निजी क्षेत्रबाट अर्को प्रतिस्पर्धी कम्पनी स्थापना भएको छ । अव तपाईहरुको रणनीति के हुन्छ ?
बीमा उद्योगमा प्रतिस्पर्धा भन्दा सहकार्य बढी हुन्छ किनकी जोखिमको हस्तान्तरणको लागि सहकार्यको आवश्यकता पर्दछ नकी प्रतिस्पर्धा । उदाहरणको लागि म तपाईलाई ३०/३२ वर्ष अघिको घटना भन्न चाहन्छु । २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना हुनु भन्दा पहिले राष्ट्रिय बीमा संस्थानको व्यवसाय र स्थापना भए पछिको ब्यवसाय तुलना गर्नु भयो भने यो कुरा पुष्टी हुन्छ । हाम्रो बजार आन्तरिक पनि हो तर हामीले विदेशी बजारलाई पनि उत्तिकै महत्व दिएका छौ । किनकी विश्व बजारमा हामीले राम्रो हिस्सा पाउने राम्रो संभावना पनि रहेको छ । अवको रणनीति भनेको नेपाल रि लाई एक विश्वासनिय पुनर्बीमा कम्पनीको रुपमा बिकास गर्नु नै हुनेछ ।
दाबी भूक्तानीको प्रशासनिक पक्षलाई सहज बनाइदै छ । आगामी दिनमा छिटो छरितो ढंगबाट कार्य सम्पादन गर्ने र आफ्ना ग्राहकहरुको मन जित्ने काम गरिनेछ
बीमा तथा पुनर्बीमा व्यवसायमा दाबी भुक्तानीले कम्पनी प्रतिको विश्वास बढाउछ भनिन्छ । नेपाल पुनर्बीमा कम्पनीले पनि ठुलो मात्रामा दाबी भुक्तानी गर्न बाँकी देखिन्छ । अव विश्वास बढाउने के गर्दे हुनुहुन्छ ?
हामीले भुक्तानी योग्य दाबीको रकमलाई फर्छौंट गर्दै गएका छौं । दाबी भूक्तानीको प्रशासनिक पक्षलाई सहज बनाइदै छ । आगामी दिनमा छिटो छरितो ढंगबाट कार्य सम्पादन गर्ने र आफ्ना ग्राहकहरुको मन जित्ने काम गरिनेछ । यसको काम शुरु भइसकेको छ, छिटै परिणाम तपाईले देख्नुहुनेछ ।
कम्पनीको व्यवसायलाई हेर्ने हो भने अहिलेसम्म नेपाल सरकारको निर्देशन अनुसार बीमा कम्पनीहरुको २० प्रतिशतको डाइरेक्ससेसनले चलिरहेको छ । यसरी सरकारले व्यवसाय सुरक्षित गर्दा पनि पुनर्बीमा कम्पनीले किन अन्तर्राष्ट्रिय व्यवसाय भित्र्याउन नसकेको होला ?
अन्तर्राष्ट्रिय व्यवसाय भित्रयाउनका लागि हामीले बिगत देखिनै पहल गरेका छौं र कुल प्रिमियममा यसको अंश २० प्रतिशत रहेको छ । यसलाई नराम्रो भन्न मिल्दैन । तर बिस्तारै यो हिस्सा बढाउदै लैजानु पर्दछ र त्यसको लागि हाम्रो निरन्तर प्रयास रहनेछ ।
जोखिम एकै ठाउँमा केन्द्रिकृत गर्नु बीमाको सिद्धान्त अनुसार ठिक होइन भन्ने कुरा हामीलाई पनि थाहा छ, तसर्थ, सबै जोखिम हामीलाई नै दिनु पर्दछ भनेर कसैले पनि भन्छ जस्तो लाग्दैन ।
बीमा समितिले नेपालका पुनर्बीमा कम्पनीहरुहरुले चाहेको जति पुनर्बीमा गरे पछि मात्रै बाँकी रहेको व्यवसाय विदेशी पुनर्बीमा कम्पनीमा पठाउन कम्पनीहरुलाई दिएको निर्देशन अहिलेको अवस्थामा कत्तीको जायज छ ?
घरेलु पुनर्बीमा कम्पनीहरुको जोखिम व्यवस्थापन र जोखिम बहन गर्ने क्षमतासम्मको पुनर्बीमा व्यवसाय देश भित्रै होस् बाहिर नजाओस् भन्ने अभिप्रायका साथ यो निर्देशन जारी भएको हुनु पर्दछ । यो बिचारलाई नराम्रो मान्नु पर्ने कुनै कारण म देख्दिन । बीमा र पुनर्बीमा कम्पनी बीचको सहकार्य, अन्तर्क्रिया, सहसम्बन्ध, र एकले अर्कालाई राम्रोसंग बुझ्ने हो भने यो विबादको बिषय हुने थिएन । जोखिम एकै ठाउँमा केन्द्रिकृत गर्नु बीमाको सिद्धान्त अनुसार ठिक होइन भन्ने कुरा हामीलाई पनि थाहा छ, तसर्थ, सबै जोखिम हामीलाई नै दिनु पर्दछ भनेर कसैले पनि भन्छ जस्तो लाग्दैन । पुनर्बीमा कम्पनीहरुले पनि जोखिम आफै मात्रै राख्दैनन् । बिदेशी कम्पनीहरुलाई हस्तान्तरण गर्दछन् । जुन ब्यवसाय हामी लिन सक्ने अवस्थामा छैनौं, त्यो ब्यवसाय बिमा कम्पनीहरुले सिधै बिदेशीहरुलाई हस्तान्तरण गर्न पाउने अधिकारको व्यवस्था पनि सर्कुलरमा गरिएको छ ।
पुनर्बीमा कम्पनीहरुले पनि जोखिम आफै मात्रै राख्दैनन् । बिदेशी कम्पनीहरुलाई हस्तान्तरण गर्दछन् । जुन ब्यवसाय हामी लिन सक्ने अवस्थामा छैनौं, त्यो ब्यवसाय बिमा कम्पनीहरुले सिधै बिदेशीहरुलाई हस्तान्तरण गर्न पाउने अधिकारको व्यवस्था पनि सर्कुलरमा गरिएको छ ।
यदि कुनै बिषयमा अस्पष्टता छ भने ती बिषय त्रिपक्षिय संवाद (बीमा समिति बीमा कम्पनी, पुनर्बीमा कम्पनी) बाट समाधान गर्न सकिन्छ भन्ने लाग्दछ । हो, विश्वका नामूद पुनर्बीमा कम्पनी जस्तो बलियो नेपाली पुनर्बीमा कम्पनी छैनन्, हामी क्षमता अभिबृद्धिमा फोकस भएका छौं र भविष्यमा नेपाली बीमा कम्पनीको मात्रै जोखिम होइन बिश्वका धेरै देशहरुको जोखिम बहन गर्न सक्ने क्षमता हामीले बिकास गर्नेछौं । त्यस अवस्थामा आज देखिएका शंका उपशंकाहरु आफैं हराएर जानेछन् ।
हामीले अन्तर्राष्ट्रिय व्यापार गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता महशुश गरेका छौ ।
पुनर्बीमा व्यवसाय विस्तारमा के कस्ता समस्या रहेका छन् ?
अन्तर्राष्ट्रिय बजारमा नेपाल रिको उपस्थिति भइसकेको छ । हामीसँग राम्रा र विश्वासनीय कम्पनीहरुले सहकार्य गरिरहेका छन् । उनीहरुको जोखिम हामी बहन गरेको छौं र उनीहरुले पनि हाम्रो जोखिम बहन गरेको पाइन्छ । हामीले अन्तर्राष्ट्रिय व्यापार गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता महशुश गरेका छौ ।
कम्पनीले आन्तरिक बजारलाई फराकिलो बनाउने र सो को लागि बीमा कम्पनीहरुको क्षमतामा समेत बृद्धि गर्ने हो । त्यसै गरी बाहिरी मुलुकहरुसँग व्यवसायिक सम्बन्ध बिस्तार गर्ने र राम्रो व्यवसाय भित्रयाउने हो ।
कम्पनीलाई नयाँ उचाइमा पुर्याउन तपाईले कस्तो योजना बनाउनु भएको छ ?
कम्पनीलाई नयाँ उचाईमा पुर्याउने भनेको कम्पनीको साखमा बृद्धि गर्ने, यसको नेटवर्थमा बृद्धि गर्ने, र व्यवसयमा बृद्धि गर्ने हो । त्यसको लागि कम्पनीले आन्तरिक बजारलाई फराकिलो बनाउने र सो को लागि बीमा कम्पनीहरुको क्षमतामा समेत बृद्धि गर्ने हो । त्यसै गरी बाहिरी मुलुकहरुसँग व्यवसायिक सम्बन्ध बिस्तार गर्ने र राम्रो व्यवसाय भित्रयाउने हो । यसको लागि हामीलाई केही समय लाग्दछ । रणनीतिक तरिकाबाट अघि बढ्नु पर्दछ । रणनीतिक योजना तयार भए पछि यसको सार्वजनिकरण हुनेनै छ ।