IME Life

आइएमई लाइफद्धारा तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मिक्वाखोला गाउँपालिका–५ का विमित स्व. टाशी शेर्पाकी श्रीमती फुलमाया तामाङलाई ५ लाख ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।
फुङलिङ नगरपालिका ५ , बिरेन्द्रचोकमा अवस्थित शाखा कार्यालयमा एक अनौपचारिक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

स्व. टासी शेर्पाले २०७७ साल असोज १९ गते आइएमई लाइफ इन्स्योरेन्स ताप्लेजुङमा ५ लाख रुपैयाँको बिमा गरेका थिए । ५ लाख रुपैयाँको बीमा गरेका उनले एक किस्ता मात्रै प्रिमियम बुझाएका थिए ।

बीमा जारी भएको छोटो समयमा २०७७साल पौष ११ गते ३७ वर्षको असामयिक उमेरमा उनको निधन भएको थियो । बिमा रकम बुझेपछि फुलमाया तामाङले श्रीमानको मृत्युको पीडा भुल्न कम्पनिले दिएको दाबी भुक्तानी रकमले केहि भएपनि सहयोग गर्ने बताइन् ।

आइएमई लाईफ ताप्लेजुङ शाखाका कम्प्युटर अपरेटर इन्चार्ज दुर्गामाया कार्की , सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, एजेन्सी मेनेजर दिनेश तामाङ , निरोज शेर्पा, सुमन सेर्पा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS