IME Life New

हिमालयन रिलाई पहिलो बन्न नदिने नेपाल पुनर्बीमाका सिइओ रायमाझीको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । कर दिवसको अवसरमा बीमा क्षेत्रबाट सर्वाधिक कर बुझाएको नेपाल पुनर्बीमा कम्पनीले सम्मान पाउदै गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरमान रायमाझीले यो सम्मानलाई सधै निरन्तरता दिने गरि काम गर्ने बताएका छन् । कार्यक्रममा रायमाझीले ‍हिमालय रि- इन्स्योरेन्सलाई एक नम्बर बन्न नदिने बताएका छन्।

उनले भने ‘हामी निरन्तर एक नम्बरमा छौँ । त्यसैले धेरै कर तिर्दै आएका छौँ । अब पनि हामी एक नम्बर बनिरहन्छौँ’ उनले भने’ अब अर्को पुनर्बिमा कम्पनी पनि आएको छ। तर हामी उछिन्न दिँदैनौँ ।’

Esewa
Crest

यसै कार्यक्रममा हिमालयन रिका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा मञ्चमा अतिथिको रुपमा थिए । उनले गोल्छाप्रति इंगित गर्दै हिमालयलाई उछिन्न नदिने बताएका हुन् । ‘अर्को पुनर्बिमा कम्पनीका अध्यक्ष शेखर गोल्छा जी यही हुनुहुन्छ । व्यक्तिगत रुपमा नलिनुहोला । तर हामी यति राम्रो काम गर्छौं कि अरुलाई उछिन्नै दिँदैनौँ’ उनले भने ।

बीमा व्यवसाय गर्ने कम्पनीमध्येबाट सबैभन्दा धेरै आयकर बुझाएको भन्दै नेपाल पुनर्बिमालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । उक्त सम्मानपछि कार्यक्रममा बोल्दै रायमाझीले आफूहरूले अहिलेको अब्बल कामलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS