IME Life New

१९ बैंकको दोश्रो त्रैमास :आम्दानीमा नबिल अघि, व्यापारमा एन आई सी एसिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अहिले सम्म १९ वटा वाणिज्य बैंकहरुले आफ्नो आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ । १९ वटा वाणिज्य मध्य ११ वटा वाणिज्य बैंकको खुद नाफा १ अर्ब भन्दा माथि पुगेको छ। व्यापार व्यसायको हिसाबमा भने एन आई सी एसिया बैंक अघि छ ।

सामान्य हिसाबले किताबी मूल्य भन्दा बजार मूल्य धेरै नै हुन्छ तर किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) भद्ना नेपाल बैंक लिमिटेडको बजार मूल्य थोरै छ ।

Esewa
Crest

अहिले १९ वटा वाणिज्य बैंकको औसत मुल्य आम्दानी अनुपात १३ गुणा छ। १० देखि २० सम्मको मूल्य आम्दानी अनुपातलाई लगानीयोग्य ठानिन्छ। यो हिसाबमा वाणिज्य बैंकको शेयर “अण्डर भ्यालुड जोन” तर्फ छन भन्न सकिन्छ ।

१९ वाणिज्य बैंकको दोश्रो त्रैमासको वित्तिय विवरणलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा :

चुक्ता पुँजीको आधारमा नेपाओ ल इन्भेस्टमेन्ट बैंक सबै भन्दा ठुलो चुक्ता पुँजी भएको बैंक हो । नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रहेको छ ।

रकम हजारमा

चुक्ता पूँजी लग्दा बुक क्लोज पछिको चुक्ता पूंजी लगिएको छ ।

जगेडा कोषको आधारमा:

जगेडा कोषमा नेपाल बैंक सबै भन्दा बलियो  देखिएको छ। नेपाल बैंकको जगेडामा १९ अर्ब ६५ करोड रुपैयाँ संचित छ ।
रकम हजारमा

निक्षेप र कर्जाको आधारमा:

निक्षेप र कर्जाको मामलामा एन आईसी बैंक सबै भन्दा अघि देखिएको छ । एन आईसी बैंकले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेको छ ।
रकम हजारमा

खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा:

खुद नाफाको आधारमा नबिल बैंक अघि छ । नबिल बैंकले दोश्रो त्रैमास सम्म २ अर्ब १८ करोड खुद नाफा गरेको छ। प्रति शेयर आम्दानीको आधारमा पनि नबिल बैंक अघि छ । नबिल को प्रति शेयर आम्दानी ५४ रुपैया २५ पैसा छ ।
रकम हजारमा

खराब कर्जाको आधारमा:

खराब कर्जाको मामलामा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अघि छ। बैंकको ३ दशमलव ५३ प्रातिशत कर्जा खराब छ ।
प्रतिशतमा

किताबी मूल्यको आधारमा :

किताबी मूल्यको आधारमा नेपाल बैंक अघि छ । नेपाल बैंकको किताबी मूल्य ३०० रुपैँया २८ पैसा रहेको छ ।

मूल्य आम्दानीको आधारमा:

मूल्य आम्दानी अनुपात नेपाल बैंक लिमिटेडको थोरै छ। नेपाल बैंकको मूल्य आम्दानी अनुपात १० गुणा भन्दा कम छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS