Connect IPS
IME Life

नेपाल चेम्बर अफ कमर्सको शेयर बजार सँग सम्बन्धित १६ बुँदे माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले शेयर बजार सँग सम्बन्धित १६ बुँदे माग अगाडी सारेको छ । शेयर बजार लगातार ओरालो झर्न थाले पछि १६ बुँदे माग राखेको हो । कमर्सले नेपाल राष्ट्र बैंक सँग मौद्रिक नीति मार्फत शेयरधितो कर्जामा कडाइ गरेको भन्दै उक्त सिमा फिर्ता लिन आग्रह गरेको छ ।

त्यस्तै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लामो समयदेखि नेतृत्व बिहिन भएको भन्दै नयाँ नेतृत्व ल्याउन अनुरवध गरेको छ । यस्तै शेयर बजार सुधार सँग समबन्धित १६ बुँदे माग निम्न छन् ।

Prabhu
Crest

१. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत नै कायम गर्नु पर्ने र विद्यमान सिसिडि रेसियो हटाई सिडि रेसियो लागू गर्दा ३०० अर्ब हाराहारी लगानी योग्य पूँजी उपयोग बिहीन भएकाले माथिका दुबै व्यवस्था पूर्ववत कायम गरिनुपर्ने ।

२. नेपाल स्टक एक्सचेञ्ज लि., तथा नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनुपर्ने एजेण्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भव उल्लेखित निकायहरुको विवाद समाधान गरि नयाँ नेतृत्व ल्याइनुपर्ने ।

३. नेपाल राष्ट्र बैंक, बीमा समिती, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसँग पनि समन्वय गरी गरिनुपर्ने ।

४. हाल संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पूँजी बजारमा लगानी गर्न खुल्ला गरिनुपर्ने ।

५. अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको स्टक ब्रोकर मार्फत शेयर खरिदका लागि ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्य रुपमा लागू गरिनुपर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज शेयर खरिद कर्जा प्राप्त गर्न सक्ने ।

७. संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याइनुपर्ने । .

८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने गरि टेक्निकल एनलाइसिस गर्ने गरेकोमा त्यसलाई नियमन गर्न एडभाइजर वा टेक्निकल एनालिस्टको अनुमति दिएर त्यस्ता व्यक्ति वा संस्थाहरुलाई मात्र बजारको बारेमा फोरकास्टिङ्ग गर्न दिने व्यवस्था गर्ने ।

९. हाल धेरै भन्दा धेरै अनलाईन मिडियाहरु सञ्चालनमा आएको र शेयर बजारका बारेमा आफु अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हीतमा शेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्तहरुमा थप अन्यौलता पर्ने हुँदा पूँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागू गरिनुपर्ने ।

१०. शेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतीय माध्यमबाट हुने भुक्तानीको सीमा खुल्ला गरिनुपर्ने ।

११. अनलाईन कारोबार प्रणालीको वर्तमान संरचनालाई चुस्त दुरुस्त बनाई बैंक इन्टीग्रेसन सहितको प्रभावकारी प्रणाली बनाईनुपर्ने तथा प्रविधिको विकास विस्तार र प्रयोगलाई जोड दिईनुपर्ने ।

१२. बजेट मार्फत धितोपत्र कारोबारमा लाग्ने लाभकरमा भएको वृद्धि हालको संक्रमणकालिन अवस्थालाई मध्यनजर गरि स्थगन गरिनुपर्ने ।

१३. निश्चित सीमा भन्दा बढी पूँजी भएका वास्तविक क्षेत्रका कम्पनीहरुलाई अनिवार्य रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचीकृत गरिनुपर्ने ।

१४. फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको सुरुवात गरिनुपर्ने ।

१५. ब्रोकर कम्पनीहरुलाई सब ब्रोकर, एजेन्ट नियुक्त गर्न दिने तथा शाखा विस्तार गरि देशका सबै तहबाट दोस्रो बजारमा लगानीकर्ताहरुको सहज सहभागिता हुने व्यवस्था गरिनुपर्ने ।

१६. नेपाल स्टक एक्सचेञ्जको स्तरोन्नती तथा नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गरिनुपर्ने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS