काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवार र आफन्ताहरुलाई बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।
यसैक्रममा इटहरी २०, सुनसरी निवासी रीता भुसालले आफ्नो श्रीमान सुनिल कुमार भुसालको जन्मदिनको अवसरमा ५० लाखको आइएमई लाइफ इन्स्योरेन्सको धनवर्धन जिवन बीमा पोलिसी खरिद गरिदिएकी छिन् ।
उक्त पोलिसी आइएमई लाइफ इटहरी शाखामा चिफ एजेन्सी मेनेजर नगेन्द्र कुमार श्रेष्ठ, मिना गुरुङ, कोमल सुनार लगायत अन्य अभिकर्ताहरुको उपस्थितिमा बर्थ डे केक काटेर हस्तान्तरण गरिएको थियो ।
निज सुनिल कुमार भुसालले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभुती राख्दै उपहारको लागी श्रीमतिलाई धन्यवाद दिए ।
उक्त धनवर्धन पोलिसीको विशेषताको बारेमा चिफ एजेन्सी मेनेजर नगेन्द्र श्रेष्ठले स-विस्तार व्याख्या गरेका थिए ।