IME Life

तपाईको आयमा राज्यलाई कति कर तिर्नुपर्छ ? आयकर दर यस्तो छ !

SPIL
NIC ASIA

काठमाडौं ।  नागरिकले व्यवसाय, रोजगारी वा कुनै अन्य क्षेत्रबाट  आयआर्जन गरेपछि  सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनुपर्छ। जानाजान वा अन्जानमा कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सकिन्छ ।

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट सङ्कलन गर्दै आएको छ। सोहीअनुरूप सरकारले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट लागू भैसकेको छ ।

Prabhu
Crest

अविवाहितको हकमा

४ लाख रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा वार्षिक लाग्ने आयकर १ प्रतिशतको दरले  ४ हजार रुपैयाँ ।

वार्षिक आम्दानी ४ लाख भन्दा बढी तर ५ लाख रुपैयाँ भन्दा कम भएको खण्डमा सुरुको ४ लाखको १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार रुपैयाँ ।

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा सुरुको ४ लाखको १ प्रतिशतले ४ हजार त्यसपछिको १ लाखको १० प्रतिशतका दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार रुपैयाँसम्म ।

७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमास् ७ लाख रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार रुपैयाँ र बाकी रहेको १३ लाखको ३० प्रतिशतका दरले ३ लाख ९० हजार गरी कूल ४ लाख ४४ हजार रुपैयाँसम्म।

२० लाखभन्दा बढी आम्दानीको हकमास् २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख ४४ हजार रुपैयाँ र त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर ।

विवाहितका हकमा 

वार्षिक रु ४ लाख ५० हजार रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा १ प्रतिशतको दरमा ४ हजार ५ सय रुपैयाँ ।

वार्षिक आम्दानी ४ लाख ५० हजार भन्दा बढी तर ५ लाख ५० हजार रुपैयाँ भन्दा कम भएको खण्डमा स् सुरुको ४ लाख ५० हजार को १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार ५ सय रुपैयाँ सम्म

५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० रुपैयाँसम्मको हकमा सुरुको ४ लाख ५० हजार को १ प्रतिशतले ४ हजार ५ सय त्यसपछिको १ लाखको १० दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँसम्म ।

७ लाख ५० हजार रुपैयाँ देखि २० लाख रुपैयाँसम्मको हकमा ७ लाख ५० हजार रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार ५ सय रुपैयाँ र बाकी रहेको १२ लाख ५० हजार को ३० प्रतिशतका दरले ३ लाख ७५ हजार गरी कूल ४ लाख २९ हजार ५ सय रुपैयाँसम्म ।

२० लाखभन्दा बढी आम्दानीको हकमास् २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख २९ हजार ५ सय त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर लाग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS