काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम भदौ २९ गतेदेखि भदौ ३१ गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।
कम्पनीले उक्त तालिम हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै भर्चुुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले एक हजार रुपैयाँ शुल्क बुझाई तालिममा सहभागि हुन सकिने जनाएको छ ।
एक अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यत्तिले आवेदन दिँदा न्यूनतम एस।एल।सी वा सो सरह परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । अभिकर्ता भई काम गर्न इच्छुकले भदौ २५ गतेसम्म कम्पनीमा सम्पर्क गरी आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।