Connect IPS
IME Life

आइएमई जनरल इन्स्योरेन्सको नाफा २३ करोड ४६ लाख, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचक बढेका छन् ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३५ करोड ६१ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष बढेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५१ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा २३ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड २ लाख रुपैयाँ रहेको थियो । त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २८ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ २७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS