Connect IPS
IME Life

एभरेष्ट इन्स्योरेन्सको नाफा २० करोड ३८ लाखमाथि, बीमा कोषमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचक बढेका छन् ।

१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३८ करोड ३३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३२ करोड ४७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ३१ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४० करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ४३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ दशमलव २० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा २० करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २० करोड २६ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य बढेको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २२ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २३ दशमलव ७७ प्रतिशतले बढी हो । यस अवधिसम्म कम्पनीले ९५ करोड ३७ लाख रुपैयाँ दाबी भुक्रानी गर्न बाँकी रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ २२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ ४४ पैसा रहेको छ । पी ई अनुाित ४३.४८ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS