IME Life New

२९ बीमा मध्ये ७ वटा ‘जी’ र २२ वटा बीमा कम्पनीहरु ‘जेड’ वर्गमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  ७० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले डेढ खर्ब भन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् ।

नेप्सले आज सार्वजनिक गरेको सूचिकरण भएका कम्पनीको बर्गीकरणमा ए, बी, जी र जेड गरी चार बर्गमा बर्गीकरण गरेको छ  । सो मध्ये कुनै पनि बीमा कम्पनी जी र  जेड भन्दा माथि जान सकेनन् । ए र बी बर्गमा कुनै पनि  बीमा कम्पनीहरु परेनन्।

Esewa
Crest

हाल संचलामा रहेका ४१  वटा बीमा कम्पनीहरुमध्ये ११ वटा जीवन बीमा कम्पनीहरु (युनियन लाइफ समेत) , १८ वटा निर्जिवन बीमा कम्पनीहरु  र एक वटा पुनर्बीमा कम्पनी नेप्सेमा सूचीकृत छन् ।

जीवन बीमा कम्पनीबाट ज्योति लाइफ, प्रभु  लाइफ र  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी , निर्जीवन बीमा कम्पनीबाट अजोड, जनरल र सानीमा जनरल इन्स्योरेन्स र पुनर्बीमा तर्फ नेपाल पुनर्बीमा कम्पनी  ‘जी ’ वर्गमा सूचीकृत भएका छन् ।

जीवन बीमा कम्पनीबाट एशियन लाइफ, गुँरास लाइफ, लाइफ इन्स्योरेन्स कर्पोशन, नेशनल लाइफ, नेपाल लाइफ, प्राइम लाइफ, सूर्या लाइफ इन्स्यारेन्स ‘जेड’ वर्गमा सूचीकृत भएका छन् ।

त्यस्तै निर्जिवन बीमा कम्पनीबाट एभरेष्ट इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स ‘जेड’ वर्गमा सूचीकृत भएका छन् ।

अधिकांश बीमा कम्पनीहरु नेप्सेको सूचिकरणमा पछाडि पर्नुको कारण साधारणसभा समयमा गर्न नसक्नुले  हो । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा ढिलाई हुँदा साधारणसभा झण्डै एक वर्ष भन्दा बढी ढिला हुने गरेको छ । नेपालमा एक्चुरियल भ्यालुएसन गर्ने जनशक्तिको आभाव तथा विदेशमा पठाउनुपर्ने समस्याको कारण ढिलाई हुँदा कम्पनीहरुले समयमा मुनाफा समेत वितरण गर्न सक्दैनन् ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गनुपेर्न व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नेप्सेले दोस्रो त्रैमासका वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । साथै नेप्सेले नेप्सेको वर्गीकरणमा चित्त नबुझेको खण्डमा ३५ दिन भित्र प्रमाण सहित निवेदन पेश गर्न आग्रह गरेको छ ।

classification

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS