IME Life New

यूनियन लाइफको आइपीओ शेयरधनीको डिम्याट खातामा जम्मा, कतिमा होला पहिलो कारोवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ULI सिम्बोल पाएको छ ।

कम्पनीको आइपीओले न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

Esewa
Crest

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १४८ दशमलव ४६ को आधारमा रेञ्ज (१४८.४६ देखि ४४५.३८) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

कम्पनीले असार २४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता शेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS