IME Life New

ज्योति लाइफद्धारा १० लाख ९४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा वापतको दावी भुक्तानी दिएको हो ।

कम्पनीले स्व. अवालेका श्रीमती बिमला श्रेष्ठ अवालेलाई १० लाख ९४ हजार ५ सय रुपैयाँ दाबी वापतको रकम हस्तान्तरण गरेको जनाएको छ । स्व. अवालेको गत बैशाख २९ गते कोरोना संक्रमणकोे कारण मृत्यु भएको थियो ।

Esewa
Crest

महानगरपालिकाका कर्मचारीहरु कुनै पनि महामारी वा बिपदको परिस्थितिमा समेत निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले कर्मचारीको जोखिमको लागि महानगरपालिकाले पहल गरेको कर्मचारी बीमा मार्फत सहयोग गर्न सकेकोमा महानगरपालिकालाई धन्यबाद दिदै, सो रकमले शोक सन्तप्त परिवारको घाउमा थोरै भए पनि मलम लगाउन मद्दत गर्ने बिश्वास ब्यक्त गरे ।

कम्पनीले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ । ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख चिरिबाबु महर्जनले स्व. अवाले अत्यन्त मेहनती कर्मचारी रहेको र उनको निधनले महानगरपालिकालाइ अपुरणिय क्षती भएको कुरा व्यक्त गर्दै स्व अवालेको श्रीमती बिमला श्रेष्ठ अवालेलाइ महानगरपालिकामा रोजगारीको ब्यबस्था समेत गरिसकेको बताए ।

ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा महानगरपालिका तथा कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS