Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको अधिकांश सुचकमा उत्साहजनक प्रगति, नाफा मात्रै ४८१% ले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमांडौ । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको समिक्षा अवधिसम्ममा संस्थाले २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ४८१.९० प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ३३४.१४ प्रतिशतले बृद्धि भएको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४९०.१६ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रूपैयाँ मात्र थियो । चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख रपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख ३३ हजार कर्जा सापटी लिएको छ । कम्पनीले ९० प्रतिशत निक्षेप संकलनमा बृद्धि गरी १ अर्ब ८८ करोड ३५ लाख २० हजार निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने १६० प्रतिशतले बृद्धि गरी ६ अर्ब ७७ करोड १९ लाख २६ हजार लगानी गरेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी ४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया ४०.२२ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS