IME Life New

बीमा क्षेत्रमा नविनतम भित्रदै, दिपकले आमा-बुबालाई दिए जन्मोत्सवमा बीमा पोलीसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढुदो क्रममा भित्रिएको छ ।

यसैसन्दर्भमा तिलोत्तमा ७ रुपन्देहीका दिपक तिमिल्सिनाले आफ्नो बुबा आमाको एकै दिन परेको जन्मोत्सवको अवसरमा आमा अम्बिका तिमिल्सिना र बुबा मोहन प्रसाद तिमिल्सिनालाई उपहार स्वरुप जीवन सारथी बीमा पोलिसी दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाबाट ५/५ लाखको बीमाङ्क रकमको सिटिजन जिवन सारथी पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

“बाँचुन्जेल को साथी, अब एउटै बिमा काफी” भन्ने उद्देश्य बोकेको यो यस बीमा योजनाले बचत सँगसँगै भविश्यमा हुने आर्थिक, भौतिक क्षतिबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने हुदाँ उक्त बीमा पोलिसी उपहार स्वरुप दिने चलन बढेको सिटिजन लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाका शाखा प्रमुख सागर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS