कसले नसोचेको हुन्छ र जीवन सरल अनि सहज तरिकाले वितोस् । जीवन सरलै सरल अनि सहजै सहज होस भन्ने धारणा सबैमा हुन्छ । तर यस्तो किसिमको धारणा हुँदाहुँदै पनि हामी आजका लागि मात्रै सोच्ने गर्दछौ । तर अह भोलिको सुरक्षाको लागि खासै मतलव राख्न चाहादैनौँ । यो आम मानिसहरुमा रहेको स्वभाव नै हो ।
आज पनि नेपाली समाजमा भोलिको जोखिमको लागि सोच्ने स्वाभाव नै देखिदैन् । अहिलेको समयमा जोखिमले सबै मानिसलाई मृत्युको मुखमा लगेर राखेको छ । के भरोसा मानिसको आज की भोलि, त्यसैले भविष्यमा आउन सक्ने बिपत्ति तथा जोखिमको कारणबाट उत्पन्न हुन सक्ने आर्थिक संकटको सुरक्षा प्रदान गर्ने एउटा भरपर्दो माध्यम बीमा हो । भनिन्छ नि आपत बिपत बाजा बजाएर वा ढोल पिटेर आउँदैन । त्यसैले भविश्यमा पर्न सक्ने भवितव्य आपत बिपत तथा जोखिमको कारण बाट पर्न सक्ने आर्थिक संकटको समाधानको लागि हामीले बीमा कम्पनीलाई बीमा पोलिसीमा तोकिए बमोजिम शुल्क बुझाइ जोखिम हस्तान्तरण गर्न सक्छौँ ।
जीवनमा कत्ति बेला केके जोखिम आईपर्ने हुन् कसलाई के थाहा र । मानवीय जीवनमा जोखिम अनिश्चत हुन्छ । काम गर्न सकुञ्जेल र केही पैसा रहुँञ्जेल म छु भन्नेहरुले पनि एक दिन हेर्न छोड्छन् । भविष्यमा जोखिमले म आए है भन्दै आउँदैन्, त्यसैले आज केही छउञ्जेल र गर्न सकुञ्जेल हामीले भोलिका लागि केही सोच्नु पर्ने नै हुन्छ । आजको सही निर्णयले भविष्यमा पर्न गएको ठुलो समस्या लाई पनि सहज वातावरण सृजना हुने खालको सोच राख्नु पर्ने हुन्छ ।
भविष्य कसले देखेको हुन्छ र । दुर्घटनामा परि हात खुट्टा भाँचिएर हामी अपाङग बन्न सक्छौँ, के भरोसा मृत्युको मुख मै पुगिने पो होकि । दुर्घटना अनि जोखिमहरु सँग मानिस प्राय टाढै रहन चाहान्छ । तपाई हामी रमाएर बसेको घर आगो लागेर खरानी पो हुने हो कि, भुकम्प आएर चिटिक्क सजिएको सुन्दर घर तहसनहस पो हुने हो कि । जसले गर्दा तपाई हाम्रो जीवनमा आर्थिक संकट सिर्जना हुन्छ । यदि तपाईले बीमा गराउँनु भयो भने तपाईलाई बीमा कम्पनीले आर्थिक सुरक्षाको व्यवस्था गर्छ । बीमा नाफा आर्जन गर्ने व्यवसाय मात्र होईन यो त सेवा गर्ने र आर्थिक सुरक्षा दिने एक भरपर्दो माध्यम पनि हो ।
भविष्यमा पर्न पर्न सक्ने जोखिमलाई सामना गर्ने केही आधार नहुदाँ केहि हदसम्म बीमाले सहयोग गर्ने गर्दछ । खतरायुक्त जीवन र सम्पत्तिको रक्षावरण गर्नका लागि बीमा आवश्यक छ । भविष्यमा हुने भवितव्य दुर्घटना पछि आउने आर्थिक क्षतिपूर्ति सहजै प्राप्त गर्न बीमाको आवश्यकता पर्दछ ।
बीमा एक किसिमको सामाजिक सेवा हो, बीमा सम्बन्धि ज्ञानबाट बीमितको सामाजिक ज्ञान, सद्भाव, हुनुका साथै अप्ठेरोपनलाई पनि सजिलै सँग पार गर्न सक्ने हिम्मत प्राप्त हुन्छ । जसबाट आर्थिक सुरक्षा पनि हुने गर्दछ । बीमा एक किसिमको मानव सेवा हो, साथै आम्दानीको एक पाटो पनि । आजको सानो रकमले भोलि हाम्रो जीवनमा पर्न गएको आर्थिक जोखिम सँग लड्न यसले मद्दत गर्दछ ।
अहिलेको समयमा बीमा अपरिहार्य छ । कुनै एक बीमा पोलिसी खरिद गरी राख्यो भने भविष्यमा पर्न सक्ने आर्थिक भारलाई केही हदसम्म यसले मद्दत गर्नेछ । आपत्त विपत्त परेको खण्डमा यसले अवश्य साथ दिन्छ ।
यसर्थ, बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई हामी आवश्यक पर्ना साथ चलाउछौँ तर बीमाको बचतलाई चलाईँदैन् र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ । बीमा सुरक्षा पनि हो, कुनै एक व्यक्ति आज बिहान देखि बेलुकी सम्म खटेर आफ्नो परिवारको लागि काम गरिरहेको हुन्छ । यदि केही गरि उसको परिवारमा उसको अभाव रहन गयो भने उसको परिवार लाई पर्न गएको आर्थिक भारलाई कम गर्न चाँहि बीमाले मद्दत गर्दछ ।
मानव जीवन र सम्पत्ति माथि पर्न गएको आर्थिक भार लाई बीमा कम्पनीहरुले बहन गर्दछन् । बीमा कम्पनीहरुले बीमितको जीवन र सम्पत्तिको दायित्व सम्बन्धि विभिन्न खालका जोखिमहरु बहन गरेर आर्थिक सुरक्षा प्रदान गर्ने गर्दछ ।
मानवीय जीवन र भौतिक सम्पत्तिमा आई पर्ने जोखिमहरु लाई आर्थिक सुरक्षा गर्ने एक मात्र भरपद्रो माध्यम बीमा हो । त्यसैले भविष्यमा आइपर्न सक्ने जोखिमहरु लाई सामना गर्नका लागि बीमा सबैको लागि अपरिहार्य नै बनेको छ ।
(ज्ञवाली बीमा सम्राट हुन् । उनी एलआइसी नेपाल कम्पनीको परासी शाखा कार्यालयमा कार्यरत छिन् ।)