IME Life New

प्रकाशकीय : बीमा क्षेत्रको एकमात्र जिम्मेवार मिडियाको रुपमा हाम्रो चौथो पाईला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली पत्रकारिता क्षेत्रमा विभिन्न विधामा केन्द्रित रहेर सञ्चार माध्यमहरुको स्थापनाको क्रम बढ्दै गर्दा आज भन्दा ठिक चार वर्ष अगाडि हामी बीमा क्षेत्रमै केन्द्रित रहने प्रणका साथ इन्स्योरेन्स खवर डटकम स्थापना गर्न पुगेका थियौ ।

क्यापिटल न्युज नेटवर्कद्धारा सञ्चालित इन्स्योरेन्स खवर डटकम तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यो अवसरमा म क्यापिटल न्युज नेटवर्कको तर्फबाट पाठक, दर्शक, विज्ञापनदाता, विज्ञापन एजेन्सी, सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

Esewa
Crest

इन्स्योरेन्स खवरले तीन वर्ष अगाडी बीमा क्षेत्रलाई मात्रै केन्द्रित गरी पत्रकारिता सुरु गर्दा बजारमा नयाँ बीमा कम्पनीले भर्खरै व्यवसाय सुरु गरेका थिए भने पुराना बीमा कम्पनीलाई नयाँले उछिन्ने भन्दै बजार विस्तारमा आक्रामक थिए ।

बीमा क्षेत्र आक्रामक रुपमा अगाडि बढ्दै गर्दा हामीलाई नेपालमा बीमा क्षेत्रको मात्रै सूचना प्रवाह गर्ने छुट्टै अनलाइन मिडियाको आवस्यकता महशुस भयो । बीमा क्षेत्रमा सत्य तथ्य र आधिकारिक सूचना प्रवाह गर्ने उद्देश्यले हामी संचालनमा आएका थियौँ ।

बीमा क्षेत्रका संस्थागत निकाय र आम सर्बसाधारणबीच सेतुको काम गरी बीमाबारे जनचेतना बिस्तार गर्नु नै हाम्रो मुख्य ध्येय हो र हामी यसमा सफल हुँदै गएका छौ । सम्बद्ध निकाय र आम सर्बसाधारणले हाम्रो पोर्टललाई बीमा क्षेत्रको भरोसायोग्य संचार माध्यमको रुपमा लिएकाले हामीलाई अझ सत्य, तथ्य र निष्पक्षतामा आधारित रहि थप जिम्मेवार भएर कार्य गर्ने हौसला मिलेको छ ।

हाम्रो यस प्रयासमा साथ सहयोग गर्नु हुने नियमनकारी निकाय बीमा समिति, बीमा कम्पनीहरु, विज्ञापनदाताहरु, आम सर्बसाधारण सबैमा हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा अझ कसिलो सम्बन्ध बिकासको लागि आग्रह गर्दछौ ।

नयाँ वर्ष २०७८ सालको अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु ।  धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS