IME Life New

महिलाका लागि बीमा अभिकर्ता उत्कृष्ट पेशा हो, बीमा सम्राट प्रभा ज्ञवाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्व–इच्छाले काम गर्न सकिने हुँदा बीमा अभिकर्ता पेशा त्यसमाथि पनि महिलाहरुको लागि एकदम स्वतन्त्र पेशा हो । बीमा अभिकर्ता पेशामा समय सीमाले बाध्दैन् । नत अरु पेशामा जस्तो कसैको सिफारिस नै चाहिन्छ । बीमा अभिकर्ता पेशामा पैसा पनि छ साथै इज्जत पनि । मेरो जीवनको कुरा गर्ने हो भने, म सामान्य व्यवसायमा रुमलिएको मान्छे हुँ ।  सिमित व्यक्तिसँगको परिचय, आम्दानी र खर्चको बन्धनमा रहेर कतिपय रहर र खुशीलाई नै मारेर बसेको थिए । अभिकर्ता पेशामा प्रवेश गरेपछि मेरो जीवनमा धेरै परिवर्तन आए । अभिकर्ता पेशा मै जोडिए पछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो । जुनसुकै तह र तप्काका मानिसहरुसँग पनि जनसम्पर्क बढ्यो । मेरो जीवनशैलीमा कायापलट नै भयो ।

अभिकर्ता पेशा सामाजिक पुण्यको पेशा हो । बीमा अभिकर्ता पेशा स्वतन्त्र पेशा हो । महिलालाई पुरुषको तुलनामा थोरै मात्र स्थान दिने नेपाली समाजमा महिलाको काम देखेर खुट्टा तान्ने प्रवृति आज पनि कायमै छ । पहिला पहिला महिलालाई घर बाहिरको काम गर्न धेरै असहज थियो । त्यही माथि बीमा अभिकर्ता भएर अहिलेको समयमा काम गर्न सहज छैन । कतिपय अवस्थामा महिला भएकैले काम गर्न गाह्रो हुन्छ ।

Esewa
Crest

आजभोलि समाजमा काम गर्न गाह्रो र सजिलो भन्ने कुरा चाँही मानिसको सोचाइ र विचारमा भर पर्छ । त्यही माथि हाम्रो समाजमा बीमा अभिकर्ता भन्ने पेशालाई धेरै तल झार्ने प्रविधि पनि नभएको हैन् । त्यो प्रवृत्तिमा अलि फरकपन पाइएको छ ।

वास्तवमा महिलाहरु शिक्षित भई सफलताको उचाइमा पुगेपनि घरको चुलो चौका र घरधन्दाले छोडेको हुँदैन् । साझ, विहान, काम, परिवारको दायित्व र घर व्यवहार सम्हाल्ने जिम्मेवारी त्यस माथि पनि आर्थिक स्रोत पनि जुटाउनुपर्ने बाध्यता जसले गर्दा शिक्षित महिलालाई आफ्नो जागिर गर्न गाह्रो भएको छ । तर यो अभिकर्ता पेशा यस्तो पेशा हो जहाँ समय तोकिएको हुदैन् आफ्नो घर परिवार सबैलाई समय दिएर आफुले आफ्नो कामको लागि थोरै समय दियो भने पनि केही आम्दानी गर्न सकिन्छ । यस अभिकर्ता पेशामा आफुले गरी रहेको कामलाई सामाजिक र शारीरिक आक्षेप नआउने तरिकाले स्वतन्त्र भएर काम गर्यो भने अवश्य सफल भईन्छ ।

बीमा अभिकर्ता पेशा पुरुषको तुलनामा महिलाहरुको लागि निकै नै सहज पेशा हो । महिलाहरुले घर परिवार वालबच्चा आफ्नो दायित्व लगायतका हरेक जिम्मेवारी पुरा गर्नु पर्छ । अन्य पेशामा उनिहरुलाई त्यति सहज हुँदैन । तोकिएको समय सिमा भित्र रहेर काम गर्नु आफैमा चुनौतिपुर्ण छ । त्यसकारण अभिकर्ता पेशामा आफ्नो समयले भ्याएसम्म स्वतन्त्र भएर काम गर्न पाउने थलो भएकाले महिलाहरुको लागि यो पेशा उत्कृष्ट पेशा हो ।

तर समाजले यस पेशालाई अहिलेसम्म पनि राम्रो नियतले हेर्ने गरेको पाइदैन् । पछिल्लो समय समाजमा मानिसहरुले सोच्ने सोच विचार भने पक्कै परिवर्तन भएको पाईन्छ । कतिपयले राम्रो कुरालाई पनि आफुलाई तल झार्न नराम्रो भनिरहेका  हुन्छन् तर मानिसहरुले भनेको कुरालाई सुने पनि आफ्नो बाटो र आफ्नो लक्ष्यलाई लिएर हिड्यो भने यस पेशाबाट महिला दिदि बहिनीहरुले अबश्य सफलता पाउनेछन् । अहिले हेर्ने हो भने हरेक बीमा कम्पनीहरुमा पुरुषको भन्दा महिला अभिकर्ताको सक्रियता बढि पाईन्छ । जसको कारण महिलाहरु यस पेशामा आकर्षित हुने गरेको मैले पाएको छु । मलाई लाग्छ यस पेशा महिलाको लागि धेरै राम्रो पेशा हो । म आफै पनि यस पेशामा सक्रिय भएर लागेको छु । सफलताको बाटोमा अडिग भएर केही गनुपर्छ भन्ने सपना बोकेर हिडेको छु । त्यसैले सबै महिलाहरुका लागि यो स्वतन्त्र र उत्कृष्ट पेशा हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS